दुधनैमा पशु चोरी गिरोह विरूद्ध पुलिसको कड़ा कारबाही
दुधनैमा पशु चोरी गिरोह विरूद्ध पुलिसको कड़ा कारबाही


ग्वालपाड़ा (असम), 06 सेप्टेम्बर (हि.स.)। दुधनैमा पशु चोरी गिरोहको विरोधमा पुलिसले गए अबेर राति अभियान सञ्चालन गरी राष्ट्रिय राजमार्गबाट एउटा पिकअप वाहनलाई जफत गऱ्यो। उक्त वाहनमा पशु लादिएको थियो।

पुलिसले एएस-18एसी-6998 नम्बर भएको पिकअप वाहनलाई जफत गरी तीन जना संदिग्ध पशु चोरहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूको पहिचान जलेश्वर निवासी रफिकुल इस्लाम, फूलबाड़ी निवासी सैफुल इस्लाम र राजाफाला निवासी सकिबुर शेखको रूपमा भएको छ।

पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने कथित पुश चोरी गिरोहसित जोड़िएका अन्य मानिसहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande