असममा अपरेशन-420 यथावत, श्रीभूमिमा 13 जना ठग पक्राउ
असममा अपरेशन-420 यथावत, श्रीभूमिमा 13 जना ठग पक्राउ


श्रीभूमि (असम), 06 सेप्टेम्बर (हि.स.)। असममा ठग अनि जालझेल गर्नेहरू विरूद्ध पुलिसको अपरेशन-420 लगातार भइरहेको छ। सोही अभियान अन्तर्गत श्रीभूमि पुलिसले ठगीको आरोपमा केही मानिसहरूलाई पक्राउ गरेको छ।

श्रीभूमि पुलिसले बताए अनुसार अहिलेसम्ममा 13 जना ठगहरूलाई पक्राउ गरिसकिएको छ। आरोप छ, पक्रा पर्ने आरोपीले आफूलाई पुलिसकर्मी तथा अधिवक्ता बताएर मानिहरूलाई विभिन्न ढङ्गबाट धोकाधड़ी गर्दै आइरहेको थियो। पुलिसले मामिलाको जाँच द्रूत गतिमा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande