
किशनगञ्ज, 06 सेप्टेम्बर (हि.स.)। सदर थाना क्षेत्रको कुचियाबाड़ीमा छ वर्षीय बालिकासित दुष्कर्म भएक मामिला सार्वजनिक भएको छ। बालिकाकी आमाको सिकायतमा सदर थाना पुलिसले सूचीवद्ध आरोपी भादरू सिंह, निवासी कुचियाबाड़ीविरूद्ध प्राथमिकी दर्ता गरेको छ। पुलिसले मामिलाको जाँच कार्य शुरू गरेको छ।
पुलिसलाई दिइएको आवेदन अनुसार घटना गत 4 सेप्टेम्परको साँझ लगभग 4 बजे भएको हो। बालिका अन्य साथीहरूसित घर वरिपरी खेलिरहेकी थिई। यसै अवधि आरोपीले कथित रूपमा बालिकालाई चकलेट र बिस्कुट दिने लोभ देखाएर उसलाई आफ्नो घरमा लग्यो।
आरोप छ, घरभित्र आरोपीले बालिकासित दुष्कर्म गऱ्यो। घटनापछि आरोपीले बालिकालाई कसैलाई घटना बारे नबताउने धम्की पनि दियो। भनिन्छ, बालिका घर फर्किँदा पीड़ाले छटपटिरहेकी थिई। परिवारका सदस्यहरूले सोध्दा उसले कथित घटना बारे बताई। त्यसपछि बालिकाकी आमा झरना देवीले 5 सेप्टेम्बरको दिन सदर थानामा पुगेर पुलिसलाई लिखित सिकायत दिइन् अनि आरोपीविरूद्ध प्राथमिकी दर्ता गरी कारबाही गर्ने माग गरिन्।
सिकायतको आधारमा पुलिसले मामिलालाई गम्भीर रूपमा लिँदै प्राथमिकी दर्ता गरी आरोपीलाई पक्राउ गऱ्यो।
पुलिस अनुसार पीड़िताको मेडिकल परीक्षण गराइँदैछ। साथै घटनास्थलको फोरेन्सिक जाँच पनि गराइनेछ ताकि मामिलासित सम्बन्धित प्रमाण जुटाउन सकियोस्।
आइतवार सदर थानाध्यक्ष मुकेश कुमारले बताए, बालिकाकी आमाको आवेदनको आधारमा प्राथमिकी दर्ता गरी आरोपीलाई पक्राउ गरिएको छ। पीड़िताको मेडिकल परीक्षण भइरहेको छ। पुलिसले उपलब्ध प्रमाण तथा सम्बन्धित मानिसहरूको बयानको आधारमा कानूनी कारबाही गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा