
कोलकाता, 06 सेप्टेम्बर (हि. स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आइतवार सोशल मीडिया म़ञ्च एक्समा पोस्ट गरी राज्य सरकारको तीन दिवसीय ‘स्वच्छता सङ्कल्प अभियान’ सफल भएको जानकारी साझा गरे।
मुख्यमन्त्रीले भने, स्वच्छ तथा स्वस्थ पश्चिम बङ्गाल निर्माण गर्ने लक्ष्य बोकेर राज्य सरकारको नगर विकास एवं नगर मामिला विभागद्वारा राज्यव्यापी स्वच्छता औ डेङ्गू रोकथाम अभियान सञ्चालन गरियो। अभियान अन्तर्गत 22 वटा जिल्लाका 128 वटा नगरपालिकाहरू अन्तर्गत 01 हजार 600 भन्दा अधिक वार्डहरूमा व्यापक स्तरमा सफाई अभियान सञ्चालन गरियो।
मुख्यमन्त्री अनुसार यस अभियानभरि 6 हजार 65 वटा अवरूद्ध नालीहरूको सफाई गरियो भने 01 हजार 608 वटा स्थानहरूमा फैलिएको मैला-कुचैलालाई तह लगाइयो। यस अतिरिक्त 4 हजार 511 वटा स्थानहरूको सड़क किनारमा थुप्रिएको मैला-कुचैलालाई सफा गरियो।
डेङ्गू रोकथामको लागि 27 हजार 378 स्थानहरूमा लामखुट्टे प्रजनन स्थलहरूलाई नष्ट गर्ने पहल गरियो।
अभियान अन्तर्गत बजार, हाट, स्कूल, कलेज, सरकारी कार्याल औ स्वास्थ्य संस्थानहरूमा पनि विशेष स्वच्छता अभियान परिचालन गरियो। यसमा 01 हजार 106 वटा बजार र हाट, 01 हजार 304 वटा स्कूल एवं कलेज परिसर, 544 वटा सरकारी कार्यालय परिसर तथा 315 वटा अस्पताल परिसरहरूमा सर-सफाई गरियो।
मुख्यमन्त्रीले बताए, मानिसहरूमा जागरूकता फैलाउनकोलागि 35 हजारभन्दा अधिक आईईसी सामग्री वितरण गरियो। यस महाभियानमा 118 वटा असरकारी सङ्गठनहरू तथा नागरिक समाज सङ्गठनहरूले पनि सक्रिय रूपमा भाग लिए।
शुभेन्दु अधिकारीले मानिसहरूसित अपील गरे, स्वच्छता सरकारी अभियानसम्म मात्र सीमित नरहोस्, यसलाई जनसहभागिताको आन्दोलन बनाइयोस्। उनले भने, प्रत्येक टोल, सड़क, नाली औ सार्वजनिक स्थानलाई स्वच्छ राख्नु हामी सबैगो सामूहिक जिम्मेवारी हो।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा फोहोर मुक्त पश्चिम बङ्गाल र डेङ्गूको विरोधमा एकजुट पश्चिम बङ्गाल बनाउने सङ्कल्पलाई दोहोऱ्याउँदै मानिसहरूसित स्वच्छ र स्वस्थ वातावरण कायम राख्नमा सक्रिय रूपमा सहभागी हुने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा