पार्टीको छैटौं स्थापना दिवसमा 28 नम्बर समष्टिबाट व्यापक सहभागिता जनाउने
bgpm foundation day meeting


खरसाङ, 06 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिबाट पार्टीको आगामी छैटौं स्थापना दिवसमा व्यापक सहभागिता जनाउने भएको छ। समष्टिका अध्यक्ष एवम् पूर्व सभासद श्याम शेर्पा, सांगठनिक सचिव प्रेम बम्जन, चिम्नी देवराली ग्राम पञ्चायत समिति सदस्य दिनेश तामाङ, ट्रेड युनियन महुकुमा सदस्य किसान लेप्चा र अन्य समष्टि सदस्यहरुले आगामी 9 सेप्टेम्बरमा हुने पार्टीको छैंटौं स्थापना दिवसको सबैलाई शुभकामना दिॅंदै सहभागिता जनाइदिन अनुरोध पनि गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande