भागोप्रमो असंगठित श्रमिक संगठनकोे कमिटी गठन
bgpm meeting


खरसाङ, 06 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा (भागोप्रमो) असंगठित श्रमिक संगठनको सभा आज खरसाङ टाउन कमिटी अध्यक्ष बीरबल पाख्रीनकाे अध्यक्षतामा खरसाङ महकुमा कार्यालयमा सम्पन्न भयो।

सभाध्यक्ष पाख्रीनले आफ्नो अध्यक्षीय भाषणमा सभा पार्टी अध्यक्ष अनित थापाको सुझाउ बमोजिम खरसाङका श्रमिकहरूलाई सहयोगका लागि गरिएकाे बताए। उनले आउँदो केही दिनमा श्रमिकहरुको निम्ति आफ्नो अधिकार साथै समस्याहरु समाधानकाे निम्ति स्थायी मञ्च तयार गर्न पञ्जीकरणको व्यवस्था टाउन कमिटीद्वारा गरिने आश्वासन दिए।

उनले उपस्थित श्रमिकहरूलाई आफ्नो कार्य क्षेत्रमा इमान्दारिताका साथ कार्य गरिदिन र अनुशासनमा रहेर संगठनलाई अझ बलियो बनाउने सुझाउ राखे। सभालाई खरसाङ टाउन कमिटीका उपाध्यक्ष सन्तोष परि र सांगठनिक सचिव कुनाल छेत्रीले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande