मुख्यमन्त्री तामाङले ब्राजिलका विश्वकप विजेता कप्तान काफुसँग भेट गरे
मुख्यमन्त्री तामाङले ब्राजिलका विश्वकप विजेता कप्तान काफुसँग भेट गरे


गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले ब्राजिलका चर्चित पूर्व फुटबल खेलाडी तथा फिफा विश्वकप विजेता कप्तान मार्कोस एभान्जेलिस्ता डे मोराइस ‘काफु’ सँग दार्जिलिङको स्थानीय एक होटलमा भेट गरेका छन्।

मुख्यमन्त्रीले विश्व फुटबलका चर्चित हस्ती काफुसँग भेट गर्न पाउनु विशेष सम्मानको विषय भएको बताएका छन्। उनले काफुको उत्कृष्ट खेल जीवन तथा उपलब्धिले विश्वभरका लाखौँ फुटबलप्रेमीलाई प्रेरित गरेको आज सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन्।

भेटका क्रममा मुख्यमन्त्री तामाङले काफुलाई निकट भविष्यमा सिक्किम भ्रमणका लागि निमन्त्रणा दिएका छन्। उनले सिक्किमको प्राकृतिक सौन्दर्य, आत्मीय आतिथ्य तथा राज्यमा रहेको खेलकुदप्रतिको उत्साह र भावना प्रत्यक्ष अनुभव गर्न काफुलाई आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande