बीस प्रतिशतले बोनस दिन आदेश जारी गरिएको हिल प्लान्टेशन इम्प्लोइज युनियनको दाबी
बीस प्रतिशतले दिने आदेश जारी गरिएको हिल प्लान्टेशन इम्प्लोइज युनियनको दाबी


खरसाङ, 0७ सेप्टेम्बर (हि.स.)। हिल प्लान्टेशन इम्प्लोइज युनियनले उत्तर बंगालका अतिरिक्त श्रम आयुक्तले साल 2025-26 को बोनस बीस प्रतिशतले प्रदान गर्न आदेश जारी गरेको दाबी गरेको छ। युनियनले चिया बगानहरु बीस प्रतिशत बोनस, न्यूनतम ज्याला, पर्जापट्टाबारे उत्तर बंगालका अतिरिक्त श्रम आयुक्त अमल मजुम्दारलाई माग गर्दै गत 5 सेप्टेम्बरमा माग पत्र पेश गरेको थियो।

साथै, युनियनको केन्द्रिय महासचिव सुनेन्द्र तामाङ्गले लागू हुन गइरहेको नयाँ श्रम कानुनले समस्त श्रमिक वर्गका अधिकारहरू असुरक्षित पार्ने कुरालाई उजागर गर्दै नयाँ श्रम कानुनप्रति विरोध जनाएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande