दक्षिण सालमारा-मानकाचरमा 51 वटा गाई-गोरू सहित नौका जफत, आरोपी हिरासतमा
दक्षिण सालमारा-मानकाचरमा 51 वटा गाई-गोरू सहित नौका जफत, आरोपी हिरासतमा


दक्षिण सालमारा-मानकाचर (असम), 07 सेप्टेम्बर (हि.स.)। दक्षिण सालमारा-मानकाचर जिल्लामा पुलिसले आफ्नो गस्ती अवधि 51 वटा गाई-गोरू सहित एउटा नौकालाई जफत गऱ्यो। यस मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार सोशल मीडिया पोस्टको माध्यमबाट बताए, गाई-गोरूहरूलाई कथित रूपमा गुप्त मार्ग भएर सीमा पारी पुऱ्याउने प्रयास गरिरहेको थियो।

उनले भने, धुबड़ीपछि दक्षिण सालमारा-मानकाचरमा पनि पुलिसले कारबाहीलाई जारी राखेको छ। असम पुलिसले सड़क एवं जलमार्ग दुवै मार्गमा पशुहरूको तस्करीलाई रोक्नको लागि अभियानलाई जारी राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande