
महोबा, 07 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा महोबा जिल्लाको चरखारी क्षेत्रमा गए आइतवार अपरान्ह नुहाउन गएका तीन जना अबोध बाल-बालिकाहरू खेल्दा-खेल्दै गहिरो पानी भएको खाल्डोमा डुबेर मृत्यु भयो। अबेर रातीसम्ममा तीन जना बालकहरूको शवलाई पानीदेखि बाहिर निक्ल्दा त्यहाँ उपस्थित सबै गाउँलेहरूको आँखा आँशुले रसायो। पुलिस मामिलाको जाँचमा जुटेको छ।
चरखारी क्षेत्राधिकारी दीपक दुबेले आइतवार अबेर राती बताए, थाना चरखारी क्षेत्रको रिवई गाउँमा तीन जना बाल-बालिकाहरू क्रमैले प्रिन्स (15,) पुत्र मनोज अहिरवार, रोशनी (11) ,पुत्री जियालाल औ अंशुल (10), पुत्र खलक अहिरवार नुहाउने क्रममा गहिरो पानीभित्र डुबेको सूचना प्राप्त भयो। थाना पुलिसले तत्कालै घटनास्थलमा पुगेर स्थानीय गोताखोरहरूको सहयोगमा तीनै जना बच्चालाई खोज्न शुरू गऱ्यो। केही समयपछि तीनै जनालाई बाहिर निकालेर उपचारको निम्ति सामुदायिक स्वास्थ्य केन्द्रमा चरखारीमा पुऱ्याइयो जहाँ चिकित्सकहरूले सबै बच्चाहरूाई मृत घोषित गरिदिए।
परिवारबाट प्राप्त जानकारी अनुसार तीनै जना बच्चाहरू आइतवार अपरान्ह गाउँकै पण्डित दीनदयाल उपाध्याय राजकीय मोडल इन्टर कलेजको पछाड़ि बनिएको खाल्डोमा भरिएको पानीमा नुहाउन गएका थिए। यी बच्चाहरू दिनहुँ नै त्यहा माछा समात्न पनि जान्थे। यसरी नै आइतवार पनि गए, तर अबेर साँझसम्म बच्चाहरू घर नफर्किएपछि परिवार चिन्तित भयो। चारैतिर खोजतलास गरियो, तर पत्तो लागेन। अबेर राती गाउँका मानिसहरूले खाल्डोमा एउटा शव तैरिरहेको देखेर पुलिसलाई सूचित गरे।
सूचना पाएर चरखारी थाना प्रभारी राहुल मिश्राले पुलिस बल सहित घटनास्थलमा पुगी स्थानीय गोताखोरहरूको सहयोगले प्रिन्सलाई बाहिर निकालेर उपचारको निम्ति सामुदायिक स्वास्थ्य केन्द्र चरखारीमा पठाइदिए भेजा। त्यसपछि अन्य दुई जना बच्चाहरूलाई खोज्दा तिनीहरूलाई पनै त्यही खाल्डोभित्र भेटियो। लगभग आधा घण्टा कड़़ा परिश्रम गरेपछि रोशनी र अंशुललाई त्यहीँ खाल्डोबाट बाहिर निकालेर अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले तीनै बच्चाहरूलाी मृत घोषित गरिदिए। अब पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा