
कोलकाता, 07 सेप्टेम्बर (हि.स.)। कोलकातामा सोमवार बिहान प्रवर्तन निदेशालय (ईडी)-ले तृणमूल कङ्ग्रेसका राज्यसभा सांसद नादिमुल हकसित सम्बन्धित एक उर्दू पत्रिकाको कार्यालयमा छापामारी गऱ्यो। ईडी अधिकारीहरूको एक टीमले पार्क सर्कसस्थित कार्यालयमा पुगेर खोजी अभियान शुरू गऱ्यो। केन्द्रिय एजेन्सीका अधिकारीहरू कार्यालयमा रहेका दस्तावेज तथा अन्य रेकर्डहरूको जाँच गरिरहेका छन्।
नादिमुल हक त्यस उर्दू पत्रिकाका निदेशक पदमा आसिन छन्। तथापि ईडीको यस कारबाहीको पछाड़ि के कारण लुकेको छ तथा जाँच कुन मामिलासित जोड़िएको हो, यसलाई लिएर हाल केन्द्रिय एजेन्सीको पक्षबाट विस्तृत जानकारी दिइएको छैन।
पश्चिम बङ्गालमा सरकार परिवर्तन भएपछि केन्द्रिय जाँंच एजेन्सीहरूको सक्रियता निरन्तर बढ़्दो छ। भ्रष्टाचार अनि वित्तीय अनियमिततासित सम्बन्धित विभिन्न मामिलाहरूमा केन्द्रिय एजेन्सीले लगातार जाँच तथा कारबाही गरिरहेको छ। यसै क्रममा सोमवार बिहान गरिएको यो कारबाही पनि राजनीतिक तथा प्रशासनिक जगतमा चर्चाको विषय बन्न पुगेको छ।
ईडीको टीमले हाल कार्यालयमा खानतलासी तथा दस्तावेजहरूको जाँच गरिरहेको छ। कारबाही पूरा भएपछि नै स्पष्ट हुनेछ कि जाँच अधिकारीहरूको हातमा के जानकारी तथा दस्तावेज पऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा