ट्रकसित माछा लादिएको पिकअप ठोक्किएर दुर्घटनाग्रस्त, सड़कभरि छरिएका माछाहरू लुट्न उर्लियो भीड़
ट्रकसित माछा लादिएको पिकअप ठोक्किएर दुर्घटनाग्रस्त, सड़कभरि छरिएका माछाहरू लुट्न उर्लियो भीड़


जलपाईगुड़ी, 07 सेप्टेम्बर (हि.स.)। मयनागुड़ीको दोमहानी मोड़ निकट राष्ट्रिय राजमार्गमा सोमवार बिहान सवेरै माछा लादिएको एउटा पिअकभ भ्यान सड़क किनारमा खड़ा ट्रकको पछाड़ि पस्यो। यस घटनामा पिकअपका चालक र खलासी दुवै गम्भीर रूपमा घाइते भए। दुर्घटनाको कारणले पिकअपमा लादिेका माछाहरू सड़कभरि छरिए जसलाई लुट्नका लागि स्थानीय मानिसहरूको भीड़ उर्लियो।

जानकारी अनुसार माछा लादिएको पिकअप भ्यान राष्ट्रिय राजमार्ग भएर गुज्रिरहेको थियो। दोमहानी मोड़को छेउमा पुगेपछि सड़कमा खड़ा ट्रकलाई चालकले देखेन जसले गर्दा पिकअपले ट्रकलाई पछाड़िबाट ठक्कर दियो। यस भयानक ठक्करमा पिकअप भ्यानको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भेको छ भने चालक वाहनभित्रै फसेका थिए।

घटनाको सूचना पाउनसाथ पुलिस र दमकल विभागको टीम घटनास्थलमा पुग्यो। कड़ा परिश्रम गरेर चालकलाई क्षतिग्रस्त वाहनबाट बाहिर निकालियो।

त्यसपछि तत्कालै उसलाई अस्पतालमा पठाइदियो। घाइते खलासीलाई पनि उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande