पश्चिम बङ्गालका केही जिल्लाहरूमा घना वर्षा हुने सम्भावना
पश्चिम बङ्गालका केही जिल्लाहरूमा घना वर्षा हुने सम्भावना


कोलकाता, 07 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मानसुन एक पटक फेरि सक्रिय भएको छ। यसको प्रभावले राज्यका अधिकांश भागहरूमा भारी वर्षा, वज्रपात तथा तीव्र हावा चल्ने सम्भावना छ। अलिपुरस्थित क्षेत्रीय मौसम केन्द्र अनुसार दक्षिण बङ्गालदेखि लिएर उत्तर बङ्गालसमै मौसमको स्वरूप परिवर्तनशील रहनेछ। केही जिल्लाहरूमा अति घना वर्षा हुनसक्छ।

मौसम विभाग अनुसार 7 सेप्टेम्बरको बिहानदेखि आगामी 24-36 घण्टाको अवधिमा दक्षिण बङ्गाल सहित राज्यका विभिन्न भागहरूमा मुसलधारे पानी पर्ने सम्भावना छ बने कतिपय स्थानहरूमा 70-110 मिलीलीटरसम्म पानी पर्नसक्छ। पानीसँगसँगै 30-40 किलोमीचर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना पनि छ।

मौसम विभागले यस अवधि वज्रपात हुने विशेष चेताउनी जारी गरेको छ। बिजुली चम्किँदा मानिसहरूलाई खुल्ला मैदान, खेत र रुख मुनि नबस्ने तथा सुरक्षित स्थानमा बस्ने सल्लाह दिइएको छ।

कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा सोमवार बादल लाग्नको साथै तीव्र वर्षा हुनसक्छ। केही स्थानहरूमा बिजुली चम्किने, अचानक पानी पर्ने सम्भावना छ भने कतिपय स्थानमा अति घना वर्षा हुने सम्भावना छ। ग्रामीण क्षेत्रहरू लगायत शहरी क्षेत्रहरूमा पनि तीव्र हावा तथा वज्रपातलाई लिएर सतर्क रहनु आवश्यक छ।

राजधानी कोलकाता तथा वरपरका क्षेत्रहरूमा सोमवार आकाशलाई मुख्य रूपमा बादलले घेर्नसक्छ। अपरान्ह तथा साँझको समयमा बिजुली, चम्किने, पानी पर्ने सम्भावना छ। कोलकातामा अधिकतम तापमान लगभग 31-32 डिग्री सेल्सियस र न्यूनतम तापमान लगभग 25 डिग्री सेल्सियस रहने अनुमान छ।

उत्तर बङ्गालका मालदा, जलपाईगुड़ी, दार्जीलिङ, कालेबङ, अलिपुरद्वार सहित विभिन्न जिल्लाहरूमा मनसुनको सक्रिय प्रभाव कायम रहनेछ। यी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

मौसम विभागले समुद्रमा जाने मछुआराहरूलाई पनि सतर्क रहने सल्लाह दिएको छ। बङ्गालका खाड़ी एवं तटीय क्षेत्रहरूमा तीव्र हावा साथै अग्लो छाल आउने स्थिति उत्पन्न हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande