अशारिका फाउन्डेसनद्वारा बिरामीलाई सहयोग
अशारिका फाउन्डेसनद्वारा सहयोग


सोनादा, 0७ सेप्टेम्बर (हि.स.)। अशारिका फाउन्डेसनले मगरजोङ चिया बगानको बाउन गाउँ निवासी एउटै परिवारका तीनजना बिरामीलाई पन्ध्र हजार (15,000) रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। सहयोग प्राप्त गर्नेहरूमा कविता प्रधान स्तन क्यान्सरबाट पीडित, दिलीप प्रधान विगत 17 वर्षदेखि स्नायुसम्बन्धी समस्याबाट पीडित, इन्दु प्रधान अटिजम समस्याबाट पीडित रहेका छन्।

यस परिवारलाई सहयोग गर्ने माध्यम बन्न पाएकोमा आशारिका फाउन्डेसन ईश्वरप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। फाउन्डेसनले सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म हो भन्ने भनाईलाई आत्मसात गरेर कार्य गर्दै आइरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande