बाँसघारी र बगैचाटारबाट 35 घर भाजपामा सामेल
बाँसघारी र बगैचाटारबाट 35 घर भाजपामा सामेल


खरसाङ, 0७ सेप्टेम्बर (हि.स.)। गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत सदस्य विवेक सुब्बा, टुंग सन्तमेरिज समष्टि अन्तर्गत बुथ नम्बर 32 को भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बाँसघारी शाखा सभापति प्रनित राई, नारी शक्तिका सभापति र सचिव लगायत अन्य पदाधिकारीहरु र कार्यकारी सदस्यहरुसहित 35 घर भारतीय जनता पार्टीमा सामेल भएका छन्।

सामेल हुने कार्यक्रममा जिल्ला उपाध्यक्ष एवं टुंग सन्तमेरिज समष्टि प्रभारी आरबी लामा, खण्ड संयोजक शरण देवान, जिल्ला सचिव बिनय प्रसाद, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, टुंग सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा आदिको सक्रिय सहभागिता रहेको थियो।

सबैलाई बाँसघारीको बगैंचाटारमा आयोजित एक कार्यक्रममा पार्टीमा सामेल गरिएको छ। कार्यक्रममा स्थानीय जनतासँग क्षेत्रको विकास, आधारभूत सुविधा, जनताको आवश्यकता तथा आगामी दिनमा गर्नुपर्ने विकासमूलक कार्यहरूका विषयमा विस्तृत छलफल गरियो। जनताको समस्या र सुझाउहरूलाई प्रत्यक्ष रूपमा सुन्दै उनीहरूको हित र क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरियो।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद नुरी शेर्पाले भने, भाजपा पार्टीको संगठन विस्तारको लागि टुंग सन्तमेरिज समष्टिका विभिन्न स्थानहरुमा सभा आयोजना गरिरहेका छौं। समष्टिको विभिन्न स्थानहरुबाट समर्थन पनि प्राप्त भइरहेको छ। आगामी दिनमा भाजपालाई यस समष्टिको विभिन्न स्थानहरुमा अगाडी बढाएर लैजाने छौं।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande