भागोप्रमोद्वारा छैटौँ स्थापना दिवसलाई लिएर खरसाङ बजारमा झण्डा लगाउने कार्य सम्पन्न
खरसाङ बजारमा झण्डा लगाउने कार्य


खरसाङ, 0७ सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा सङ्गठन युवा शक्तिका कार्यकर्ताहरूले आगामी 9 सेप्टेम्बरमा मनाइने पार्टीको स्थापना दिवसलाई लक्ष्य गरेर आज खरसाङ बजार लगायत वरपरका क्षेत्रहरूमा पार्टीको झण्डा लगाउने कार्य गरिरहेका छन्।

स्थापना दिवसलाई सफल पार्न पार्टीका युवा सदस्यहरू खरसाङमा डेरा हालेर बसिरहेका छन्। भागोप्रमो अध्यक्ष अनित थापाले पार्टीको झण्डाब भागोप्रमोको सोचको प्रतीक रहेको बताउॅंदै सबैलाई घरको आँगनमा अथवा धुरीमा झण्डा फरफराउन आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande