
नयाँ दिल्ली, 0८ सेप्टेम्बर (हि.स.)। केन्द्र सरकारले बंगाली सिनेमाका महान् अभिनेता तथा ‘महानायक’ उत्तम कुमारको जन्मशताब्दीको अवसरमा १०० रुपियाँको विशेष स्मारक सिक्का जारी गर्ने भएको छ।
वित्त मन्त्रालय अन्तर्गत आर्थिक मामिला विभाग (डीईए) ले यस सम्बन्धी राजपत्र सूचना जारी गरेको छ। सिक्का ९९.९ प्रतिशत शुद्ध चाँदीबाट बनेको र यसको व्यास ४४ मिलिमिटर हुने जनाइएको छ।
उत्तम कुमारको जन्म ३ सेप्टेम्बर १९२६ मा भएको थियो। उनको वास्तविक नाम अरुण कुमार चट्टोपाध्याय थियो। उनले आफ्नो फिल्मी करियरमा २०० भन्दा बढ़ी चलचित्रमा अभिनय गरेका थिए। बंगाली फिल्म उद्योगमा ‘महानायक’का रूपमा परिचित उत्तम कुमारको २४ जुलाई १९८० मा ५३ वर्षको उमेरमा निधन भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी