
मण्डी, 8 सेप्टेम्बर (हि.स.)। मण्डी संसदीय क्षेत्रकी सांसद कङ्गना रणौतद्वारा दुई दिनपूर्व जिल्ला विकास समन्वय एवं निगरानी समिति (दिशा)- को बैठकमा सांसद निधिका कार्यहरूलाई लिएर अधिकारीहरूको कार्यप्रणालीमाथि असन्तुष्ट व्यक्त गरेको मामिला अझ सल्किँदै गइरहेको छ। विपक्ष हमलाकारी भएपछि अब हिमाचल प्रदेश खण्ड विकास अधिकारी सङ्घले पनि सांसदको भाषा शैलीप्रति कड़ा आपत्ति व्यक्त गऱ्यो।
सङ्घका अध्यक्ष जी.सी. पाठक र महासचिव गौरव धिमानले संयुक्त बयानमा भने, दिशा समिति विकास योजनाहरूको समीक्षा एवं समाधान गर्ने गरिमापूर्ण मञ्च हो। जनप्रतिनिधिहरूद्वारा अधिकारीहरूबाट जवाफदेही मागिनु लोकतान्त्रिक व्यवस्थाको अङ्ग हो, तर समीक्षामा अधिकारीहरूलाई उभ्याएर उनको गरिमालाई ठेस पुऱ्याउने अनि मनोबल घटाउने भाषाको प्रयोग स्वीकार्य छैन।
सङ्घले दाबी गऱ्यो, मण्डी जिल्लामा सांसद निधि अन्तर्गत 237 कार्यहरूको लागि 511.71 लाख रुपियाँ स्वीकृत भएको छ जसमा 68 कार्य पूरा भइसकेको छ भने 143-मा काम भइरहेको छ। मात्र 26 कार्य शुरू भएको छैन। अर्थात 89 प्रतिशत कार्य वा त पूरा भइसकेको छ, वा त प्रगतिमा छ। यता बीडीओ कार्यालयहरूसित सम्बन्धित 212 कार्यहरूमध्ये 57 पूर्ण, 142 प्रगतिमा औ मात्र 13 कार्य अप्रारम्भछ। सङ्घ अनुसार लगभग 94 प्रतिशत कार्यहरू शुरू भइसकेका छन्।
सङ्घले भन्यो, ढिल्याईको पनि केही व्यवहारिक कारणहरू छन्। यसै वित्तीय वर्षमा 72 नयाँ कार्य स्वीकृत भएको हो जसमा 56 कार्य अप्रेलमा प्राप्त भएको हो। यस अतिरिक्त ई साक्षी पोर्टलमा सांसद निधिसित सम्बन्धित सम्पूर्ण प्रक्रिया परिवर्तन भएको छ जसकारण सङ्क्रमणकालमा तकनिकी समस्या आइलाग्यो। केही कार्यहरू जमीन, वन अनुमति, एनओसी, न्यायिक मामिला औ पञ्चायत स्तरका समस्याहरूको कारणले पन अड़्किएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा