जलपाईगुड़ीमा माकपा जिल्ला कार्यालयमा हमला भएको आरोप
जलपाईगुड़ीमा माकपा जिल्ला कार्यालयमा हमला भएको आरोप


कोलकाता, 08 सेप्टेम्बर (हि.स.)। जलपाईगुड़ीमा मार्क्सवादी कम्युनिस्ट पार्टीको जिल्ला कार्यालयमा कथित रूपमा हमला गरिएको आरोप सार्वजनिक आएको छ। यस घटनालाई लिएर पार्टीका प्रदेश सचिव मोहम्मद सलिमले आफ्नो एक्स ह्याण्डलमा एउटा पोस्ट साझा गर्दै भाजपा समर्थकहरूले हमला गरेको आरोप लगाएका छन्।

मोहम्मद सलिमद्वारा साझा गरिएको पोस्टमा आरोप लगाइएको छ, राती लगभग 10:30 बजे केही मानिसहरूले कथित रूपमा चोर जस्तै कार्यालयमा परिसरमा पसेर हमला गरे।

सलिमले आफ्नो पोस्टमा घटनामाथि गम्भीर प्रश्न उठाउँदै घटनाको घोर निन्दा गरेका छन्। उनको सन्देश मुताविक जलपाईगुड़ीमा सीपीएमको जिल्ला कार्यालयलाई कथित रूपमा भाजपाका उपद्रवीहरूद्वारा लक्षित गरियो।

घटनाको कारणले राजनीतिक माहोल तातिएको छ। तथापि आरोपलाई लिएर भाजपा तथा पुलिस प्रशासनद्वारा तत्काल कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन। मामिलाको वास्तविकता र हमलामा सामेल मानिसहरूको पहिचान सम्बन्धि अब अग्रिम जाँचमाथि सबैक ध्यानकेन्द्रित रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande