खेतबाट फर्किरहेकी महिलाको वज्रपातमा परी मृत्यु
खेतबाट फर्किरहेकी महिलाको वज्रपातमा परी मृत्यु


झाड़ग्राम, 08 सेप्टेम्बर (हि.स.)। झाड़ग्राम जिल्लाको नयाँग्राममा खेतमा काम गरेपछि घर फर्किरहेकी महिलाको वज्रपातको चपेटमा परी मृत्यु भयो। मृत महिलाको पहिचान सोमवारी हाँसदा (42)- को रूपमा भएको छ जो नयाँग्राम थाना अन्तर्गत गोलाग्रामकी निवासी थिइन्।

स्थानीय सूत्रले बतायो, सोमवारी हाँसदा गए सोमवार अबेर साँझ खेतमा काम सिद्ध्याएर घर फर्किरहेकी थिइन्। यसै अवझि अचानक तीव्र हावा सहित पानी पर्न थाल्यो। यतिकैमा वज्रपात भएर उनी गम्भीर रूपमा घाइते भइन्। स्थानीय मानिसहरूको सहयोगमा परिवारका सदस्यहरूले उनलाई नयाँग्राम सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए जहाँ उपचारको क्रममा अबेर राती लगभग 2 बजे उनको मृत्यु भयो।

घटनाको सूचना पाएर नयाँग्राम थानाको पुलिस अस्पतालमा पुग्यो। यस घटनाबाट गोलाग्राम सहित वरपरका क्षेत्रहरूमा शोक छाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande