
नयाँ दिल्ली, 0८ सेप्टेम्बर (हि.स.)। आगामी दीपावली तथा अन्य चाड़पर्वका समयमा रेलमा बढ्ने यात्रुको भीड़लाई ध्यानमा राख्दै उत्तर रेलवेले यात्रुको सुविधाका लागि ५०० विशेष रेल सञ्चालन गर्ने घोषणा गरेको छ।
चाँड़-पर्वमा यात्रुहरूको अतिरिक्त मागलाई पूरा गर्न र उनीहरूलाई सुगम यात्रा उपलब्ध गराउने उद्देश्यले यी विशेष रेलहरू निर्धारित समय-सारणी अनुसार, संचालित गरिनेछ।
उत्तर रेलवे अनुसार, वाराणसी–दिल्ली, अयोध्या क्यान्ट–आनन्द विहार टर्मिनल, चण्डीगढ़–पटना, फिरोजपुर क्यान्ट–पटना, नयाँ दिल्ली–कानपुर सेन्ट्रल र आनन्द विहार टर्मिनल–पाटलिपुत्र लगायत प्रमुख मार्गमा विशेष रेल सञ्चालन गरिनेछ।
यसमा 04209/04210 वाराणसी–दिल्ली-वाराणसी विशेष रेल ५० फेरा, 04213/04214 अयोध्या क्यान्ट–आनन्द विहार टर्मिनल ३६ फेरा तथा 02456/02455 नयाँ दिल्ली–कानपुर सेन्ट्रल ९८ फेरा सञ्चालन हुनेछ। त्यस्तै 04014/04013 आनन्द विहार टर्मिनल–लौका बजार विशेष रेल १५० फेरा चलाइनेछ।
यसैगरी 04227/04228 वाराणसी–चण्डीगढ़ ३६ फेरा, 04008/04007 आनन्द विहार टर्मिनव–जोगबनी १० फेरा, 04028/04027 आनन्द विहार टर्मिनल–मुजफ्फरपुर १० फेरा र 04010/04009 सीतामढ़ी–दिल्ली १२ फेरा सञ्चालन हुनेछन्।
रेलवेले 02458/02457 आनन्द विहार टर्मिनल–कानपुर सेन्ट्रल ७२ फेरा, 04314/04313 योगनगरी ऋषिकेश–मुजफ्फरपुर १८ फेरा र 04096/04095 आनन्द विहार टर्मिनल–पाटलिपुत्र १२० फेरा सञ्चालन गर्ने योजना रहेको छ। रेलवेले विजयमन्दिर–आनन्द विहार र फिरोजपुर क्यान्ट–पटना लगायत अन्य मार्गमा पनि चाँड़पर्व विशेष रेल सञ्चालन गर्ने जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी