विधानसभा उपचुनाउः नन्दीग्राम तथा रेजीनगर सीटमा मतदान 6, मतगणना 9 अक्टोबरमा
विधानसभा उपचुनाउः नन्दीग्राम तथा रेजीनगर सीटमा मतदान 6, मतगणना 9 अक्टोबरमा


कोलकाता, 08 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राम तथा मुर्शिदाबाद जिल्लाको रेजी नगर विधानसभा सीटमा उपचुनाउको तारिक घोषणा गरिएको छ। निर्वाचन आयोग अनुसार दुवै सीटमाआगामी 6 अक्टोबरमा मतदान हुनेछ भने 9 अक्टोबरमा मतगणनापछि परिणाम घोषणा गरिनेछ।

आयोगको अधिसूचना अनुसार 9 सेप्टेम्बरमा राजपत्रको माध्यमबाट उपचुनाउको औपचारिक प्रक्रिया शुरू हुनेछ। नामाङ्कन पत्र दर्ता गर्ने अन्तिम तिथि आगामी 16 सेप्टेम्बर हो भने 17 सेप्टेम्बरमा नामाङ्कन पत्रहरूको जाँच गरिनेछ। उम्मेद्वारहरूले आगामी 19 सेप्टेम्बरसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

यसै वर्ष 2026- को विधानसभा चुनाउमा नन्दीग्राम र भवानीपुर दुवै सीटबाट मुख्यमन्त्री शुभेन्दु अधिकारीले चुनाउ लड़ेका थिए। दुवै सीटमा उनको जीत भएको थियो। पछि उनले भवानीपुर सीटलाई आफूसित राखेर नन्दीग्राम सीट छोड़्ने घोषणा गरेका थिए।

विधानसभा चुनाउमा नन्दीग्राम सीटबाट भाजपा उम्मेद्वार शुभेन्दु अधिकारीलाई 01 लाख 27 हजार 301 भोट प्राप्त भएको थियो। उनका निकटतम प्रतिद्वन्द्वी तृणमूल कङ्ग्रेसकी पवित्र करलाई 01 लाख 17 हजार 636 भोट प्राप्त भएको थियो।

अर्कोतर्फ मुर्शिदाबादको रेजीनगर विधानसभा सीटबाट जनता उन्नयन पार्टीका संस्थापक हुमायुँ कबीरले जीत दर्ता गरेका थिए। उनले जिल्लाको भरतपुर विधानसभा सीटबाट पनि चुनाउ लड़ेका थिए भने यहाँ पनि उनको जीत भएको थियो। पछि उनले रेजीनगर सीट छोड़्ने घोषणा गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande