प्रधानमन्त्री मोदीले नवसरीमा 'नमो कमलम' कार्यालयको उद्घाटन गरे
नवसारी के कार्यक्रम में प्रधानमंत्री नरेंद्र मोदी


नवसारी में भाजपा का जिला कार्यालय नमो कमलम


नवसारी, 0८ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले वडोदरापछि नवसारीमा राष्ट्रिय राजमार्ग नजिक भारतीय जनता पार्टी (भाजपा)को आधुनिक कार्यालय ‘नमो कमलम्’को उद्घाटन गरेका छन्।

प्रधानमन्त्रीको स्वागतमा १,१०० महिलाले परम्परागत पोसाकमा कलश यात्रा निकाले भने लगभग ५०० पुरुषले डमरु बजाएर स्वागत गरे। ३० महिलाले ढोल–तासाको प्रस्तुति सहित प्रधानमन्त्रीको अभिनन्दन गरे।

लगभग ४० हजार वर्गफुट क्षेत्रफलमा निर्माण गरिएको ‘नमो कमलम’ कार्यालयमा विशाल सभागार, एआई प्रणाली, उच्च गतिको इन्टरनेट, आधुनिक सम्मेलन कक्ष तथा अन्य सुविधाहरू छन्। कार्यालय निर्माणमा लगभग १० करोड़ रुपियाँ खर्च भएको जनाइएको छ। परिसरमा सुरक्षाको निम्ति त्रिस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। पुलिस अधिकारीहरूद्वारा पूरा परिसरको निगरानी गरिँदैछ। आगन्तुकहरूका लागि पेयजल सहित आवश्यक सुविधाहरूको पनि व्यवस्था गरिएको छ।

प्रधानमन्त्रीको कार्यक्रमलाई नवसारी जिल्लाका सबै ३८९ गाउँमा प्रत्यक्ष प्रसारण गर्न लगभग ४,००० स्क्रिन जड़ान गरिएको छ। यसबाट १.१५ लाखभन्दा बढ़ी ग्रामीणले आफ्नै गाउँबाट कार्यक्रम हेर्न र सुन्न सक्ने व्यवस्था गरिएको छ।

उद्घाटनपछि प्रधानमन्त्री मोदीले कार्यालय परिसरको निरीक्षण गर्दै मुख्य कार्यालय, अत्याधुनिक मीडिया सेन्टर, डिजिटल कल सेन्टर, पुस्तकालय तथा सांसद र विधायकका लागि बनाइएका क्याबिनको अवलोकन गरे। उनले पण्डित दीनदयाल बैठक हल, डा. श्यामाप्रसाद मुखर्जी हल र अटल सभागारको समेत निरीक्षण गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande