कोलकाता सहित बङ्गालका केही भागहरूमा हुरी-बताससितै पानी पर्ने अनुमान
weather


कोलकाता, 08 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मङ्गलवार मनसुन सक्रिय रहेका कारण केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र अनुसार राज्यको दक्षिणी र उत्तरी भागमा आगामी केही दिनसम्मै पानी पर्ने, हुरी-बतास आउने पूर्वानुमान लगाइएको छ।

दक्षिण बङ्गालका कोलकाता, हावड़ा, पश्चिम मेदिनीपुर, पूर्व बर्द्धमान, बाँकुड़ा र बीरभूम समेत केही जिल्लाहरूमा मङ्गलवार बिजुली चम्किने अनि पानी पर्ने सम्भावना छ। केही स्थानहरूमा तीव्र हावा चल्ने र वज्रपात हुने आशङ्का छ। कोलकातामा दिनभरि बादल लागिरहका साथै बीच-बीचमा पानी पनि पर्न सक्छ। उत्तर बङ्गालका दार्जीलिङ, कालेबङ, जलपाईगुड़ी, कुचबिहार औ अलिपुरद्वारमा वर्षाको प्रभाव अधिक रहनसक्छ। हिमाली क्षेत्रहरूमा घना वर्षाका कारण पैह्रो र समतलमा जलभराउको स्थिति उत्पन्न हुनसक्छ।

मौसम विभाग अनुसार पश्चिम बङ्गालमा आगामी 13 सेप्टेम्बरसम्म वर्षा सहित मेघ गर्जनका गतिविधिहरू कायम रहने अनुमान छ।

कोलकाता र यस वरपरका क्षेत्रहरूको अधिकतम तापमान लगभग 35 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 28 डिग्री सेल्सियस लगभग रहनसक्छ। वर्षा भए पनि आद्र्ता कायम रहने हुनाले बाफिने गर्मी भइरहने सम्भावना पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande