राजगञ्जक पानीकौरी ग्राम पञ्चायतमा भाजपाको कब्जा
राजगञ्जक पानीकौरी ग्राम पञ्चायतमा भाजपाको कब्जा


जलपाईगुड़ी, 09 सेप्टेम्बर (हि.स.)। राजगञ्जको पानीकौरी ग्राम पञ्चायतमा तृणमूल कङ्ग्रेसलाई ठूल झट्का लागेको छ। बुधवार बीडीओ कार्यालयका अदिकारीहरूको उपस्थितिमा नयाँ बोर्ड गठन गरियो जसमा प्रधान पदमा भाजपाकी मनखुशी चौधरी र उपप्रधान पदमा थाबाउ रायले जिम्मेवारी सम्हाले।

वर्ष 2023- को पञ्चायत चुनाउमा पानीकौरी ग्राम पञ्चायतको 22 वटा सीटमध्ये तृणमूल कङ्ग्रेसले 12 अनि भाजपाले 10 वटा सीटमा जीत दर्ता गरेको थियो। बुधवार नयाँ बोर्ड गठन कार्यक्रममा 18 जना सदस्यहरू उपस्थित थिए। भनिन्छ, राज्यमा राजनीतिक परिवर्तन आएपछि पछिल्लो महिना तत्कालीन ग्राम पञ्चायत प्रधानले आफ्नो पदबाट राजीनामा दिएका थिए। त्यसपछि नयाँ शिराबाट बोर्ड गठन शुरू गरियो जुन बुधवार प्रशासनिक अधिकारीहरूको उपस्थितमा पूरा भयो।

प्रधान र उपप्रधान दुवै पद भाजपाको खातामा गएपछि पार्टी कार्यकर्ता तथा समर्थकहरूमा ठूलो उत्साह देखियो। नयाँ प्रधान र उप्रधानलाई साथमा लिएर भाजपा समर्थकहरूले ब्याण्ड बाजाको साथमा जुलूस निकाले। जुलूसमा पार्टी कार्यकर्ताहरूले आपस्तमा भगवा अबीर लगाएर उत्साह मनाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande