कुल्टीमा जल सङ्कट गहिरियो, 12 नम्बर लोको लाइनमा छह दिनदेखिको कल सुक्खा
कुल्टीमा जल सङ्कट गहिरियो, 12 नम्बर लोको लाइनमा छह दिनदेखिको कल सुक्खा


पश्चिम बर्दवान, 09 सेप्टेम्बर (हि.स.)। कुल्टी क्षेत्रमा जल सङ्कट लगातार गम्भीर बन्दै गइरहेको छ। 12 नम्बर लोको लाइन तथा वरपरका क्षेत्रहरूमा पछिल्लो 5-6 दिनदेखिको नलबाट पानी आपूर्ति बन्द भएको कारणले मानिसहरूमा व्यापक असन्तुष्टि व्याप्त भएको छ। पानीको सङ्कटसित जुझिरहेका सैकड़ौं महिलाहरूले बुधवार सड़कमा उत्रेर विरोध प्रदर्शन गरी सड़क जाम गरिदिए। यसले गर्दा केही समयसम्म यातायात प्रभावित भयो।

स्थानीय मानिसहरू अनुसार, केही दिनदेखिको कलमा पानी नआएको कारणले पिउने पानीदेखि लिएर खाना बनाउने, नुहाउने तथा अन्य घरेलु आवश्यकतासम्मको लागि मानिसहरूलाई समस्या भइरहेको छ। मानिसहरूलाई टाड़ा-टाड़ाबाट पानी ल्याएर काम चलाउनु परिरहेको छ।

जल सङ्कटको प्रभाव क्षेत्रको प्राथमिक विद्यालयमा पनि परेको छ। विद्यालयमा पानी उपलब्ध नभएको कारणले नानीहरू तथा शिक्षकहरूलाई समेत समस्याको सामना गर्न परिरहेको छ।

स्थानीय मानिसहरूले आरोप लगाए, यो समस्या नयाँ होइन। पछिल्लो तीन-चार वर्षदेखिकै सेलको जलापूर्ति व्यवस्था प्रभावित भएको छ तथा पाइपलाइनमा तकनिकी खराबीको कारणले समय-समयमा क्षेत्रमा पानीको समस्या उत्पन्न भइरहेको छ। मानिसहरूको भनाइ छ, कैयौं पटक सिकायत गरिएको भएपनि समस्याको स्थायी समाधान हुन सकेको छैन।

प्रदर्शनकारी महिलाहरूले प्रशासन, रेलवे औ सेल प्रबन्धनसित तत्काल हस्तक्षेप गरी जलापूर्ति बहाल गर्ने अनि पाइपलाइनको समस्याको स्थायी समाधान गर्ने माग गरे। महिलाहरूले भने, उनीहरूको आन्दोलन कुनै राजनीतिक दलको समर्थन वा विरोधमा भएको होइन, पानी जस्तो आधारभूत आवश्यकताको लागि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande