लिलुआः चोरीको आशंकामा युवकको कुटेरै हत्या, दुई जना पक्राउ
हत्या - सांकेतिक फोटो


हावडा, 0९ सेप्टेम्बर (हि.स.)। लिलुआ थाना पुलिसले चोरीको आशंकामा एक व्यक्तिको कुटेरै हत्या गरेको र शवलाई अन्यत्र लगेर लुकाउने प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। मृतकको पहिचान उत्तरपाड़ाका बासिन्दा ४३ वर्षीय राजकुमार चौहानका रूपमा भएको छ। घटना हावड़ा जिल्लाको लिलुआ थाना क्षेत्र अन्तर्गत मंगलवार राति भएको हो। पुलिसले बुधवार बिहानै घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको वरिष्ठ पुलिस अधिकारीले जानकारी दिएका छन्।

पुलिस अनुसार, मंगलवार राति राजकुमार चौहान लिलुआ थाना क्षेत्रसँग जोड़िएको एउटा इलाकामा रहेको कारखानाभित्र कथित रूपमा प्रवेश गरेका थिए। स्थानीय बासिन्दा अनुसार, उनी चोरी गर्ने उद्देश्यले कारखानाभित्र पसेका थिए र त्यहीँ उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि केही व्यक्तिले उनको निर्ममतापूर्वक कुटपिट गरेको आरोप छ। गम्भीर कुटपिटका कारण राजकुमार चौहानको मृत्यु भएको हुनसक्ने पुलिसको प्रारम्भिक आशंका छ।

पुलिस अनुसार, घटनापछि कथित अपराध लुकाउने उद्देश्यले शवलाई अन्यत्र लैजाने प्रयास समेत गरियो। सूचना पाएपछि पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गऱ्यो। प्रारम्भिक अनुसन्धानपछि पुलिसले शुभजीत पटेल र सुमित पासवानलाई पक्राउ गरेको छ।

हावड़ा सिटी प्रहरी आयुक्त अखिलेश चतुर्वेदीले पनि घटनास्थलको निरीक्षण गरेका छन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आरोपितहरू विरुद्ध हत्याको मुद्दा दर्ता गरिएको जानकारी दिए।

उनले घटनामा दुई जनालाई यसअघि नै पक्राउ गरिएको र घटनाको पछाड़ीको कारणबारे अनुसन्धान भइरहेको बताए।

घटनाको अनुसन्धानका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा पुगेर प्रमाण संकलन गर्ने सम्भावना रहेको पुलिसले बताएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।

फोरेन्सिक जाँच तथा पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि राजकुमार चौहानको मृत्युको वास्तविक कारण र घटनाको सम्पूर्ण परिस्थितिबारे थप स्पष्टता आउने पुलिसले जनाएको छ।

घटनापछि क्षेत्रमा तनावको अवस्था रहेको छ। स्थानीय बासिन्दा अनुसार, हावड़ा तथा हुगली जिल्लाका विभिन्न कारखाना परिसरमा चोरीका घटना बारम्बार हुने गरेका छन्। कारखानाबाट मेसिनका उपकरण तथा अन्य सामान चोरी हुने गरेको उनीहरूले बताएका छन्। स्थानीयवासीले घटनामा संलग्न सबै आरोपी विरुद्ध कड़ा कारबाही गर्न माग गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande