सीएनजी-पीएनजी फेरि भयो महॅंगो, दिल्लीमा सीएनजी 49.76 रूपियॉं प्रति किलो
सीएनजी-पीएनजी फेरि भयो महॅंगो, दिल्लीमा सीएनजी 49.76 रूपियॉं प्रति किलो


नयॉं दिल्ली, 13 अक्टोबर (हि.स.)। इन्द्रप्रस्थ ग्यास लिमिटेड (आईजीएल) ले राजधानी दिल्लीसमेत देशका अन्य ठाउॅंहरूमा सीएनजी र पीएनजीको दाम बढाएको छ। आईजीएलले ट्वीट गरेर भनेको छ, दिल्लीमा बुधवार बिहान छ बजीदेखि सीएनजीको दाम 49.76 रूपियॉं प्रति किलो हुनेछ। यसरी नै राजधानीमा पीएनजी 35.11 रूपियॉं प्रति एससीएमको दरमा उपलब्ध हुनेछ। गत 12 दिनमा सीएनजी र पीएनजीको दाम दोस्रोपल्ट बढेको हो।

आईजीएलले ट्वीटमा भनेको छ, राजधानी दिल्लीमा सीएनजीको नयॉं दाम 49.76 रूपियॉं प्रति लिटर हुनेछ। ग्रेटर नोएडा र गाजियाबादमा यसको दाम 56.02 रूपियॉं प्रति किलो हुनेछ। यसरी नै गुरुग्राममा सीएनजी 58.20, रेवाड़ीमा 58.90, करनाल र कैथलमा 57.10, मुजफ्फरनगर, मेरठ र शामलीमा 63.28 रूपियॉं प्रति किलोग्राम हुेनछ। यस अतिरिक्त कानपुर, फतेहपुर र हमीरपुरमा सीएनजीको दाम 66.54 प्रति किलोग्राम गरिएको छ भने अजमेर, पाली र राजसमंदमा सीएनजीको दाम 65.02 रुपये प्रति किलो हुनेछ।

इन्द्रप्रस्थ ग्यास लिमिटेड अनुसार पीएनजी अब नोएडा, ग्रेटर नोएडा र गाजियाबादमा 34.86 रूपियॉं प्रति एससीएम हुनेछ। यसरी नै गुरुग्राममा 33.31, रेवाड़ी र करनालमा पीएनजी 33.92, मुजफ्फरनगर, मेरठ र शामलीमा 38.37 एससीएम हुनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande