लगातार दोस्रो दिन पेट्रोल-डीजलको दाम रह्यो स्थिर
लगातार दोस्रो दिन पेट्रोल-डीजलको दाम रह्यो स्थिर


नयॉं दिल्ली, 13 अक्टोबर (हि.स.)। चीनसहित संसारका केही देशहरूमा कोइलाको संकटका कारण नेचुरल ग्यासको बढ्दो दामको प्रभाव कॉंचो तेलमा परिरहेको छ। अन्तरराष्ट्रिय बजारमा क्रूड ओएल 84 डलर नजिक पुगेको छ। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले लगातार दोस्रो दिन पनि पेट्रोल र डीजलको दाममा कुनै बदलाउ गरेको छैन। राजधानी दिल्लीमा बुधवार पेट्रोल 104.44 रूपियॉं प्रति लिटर र डीजल 93.17 रूपियॉं प्रति लिटरमा स्थिर रह्यो।

इण्डियन ओएलको वेबसाइट अनुसार देशका अन्य महानगरहरूमा मुम्बई, चेन्नइ र कोलकातामा पेट्रोलको दाम क्रमश: 110.38 रूपियॉं, 101.76 रूपियॉं र 105.05 रूपियॉंमा स्थिर रह्यो। यसरी नै यी महानगरहरूमा डीजल क्रमश: 101.00 रूपियॉं, 97.56 रूपियॉं र 96.24 रूपियॉंमा बिक्री भइरहेको छ। यो महिना अहिलेसम्म पेट्रोल 2.80 रूपियॉं प्रति लिटर र डीजल 3.30 रूपियॉंसम्म महॅंगो भएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande