मल्ली चेकपोस्टबाट 401 ग्राम गॉंजासहित आरोपित पक्राउ
मल्ली चेकपोस्टबाट 401 ग्राम गॉंजासहित आरोपित पक्राउ


गान्तोक, 07 दिसम्बर (हि.स.)। दक्षिण सिक्किमको मल्ली थाना क्षेत्र अन्तर्गत मल्ली चेकपोस्टबाट एक व्यक्तिलाई गॉंजाको साथमा पक्राउ गरिएको छ। पुलिस अनुसार अभिनय सुब्बालाई एउटा ट्रकमा संदिग्ध स्थितिमा देखेपछि उनको शरीरको छानबिन गरियो। उनले लगाएको ज्याकेटबाट अर्ध सुकेको गॉंजा भेटियो। त्यसपछि, सोधपुछको क्रमा उनले अझ धेरै गॉंजा आफ्नो भाई आदर्श सुब्बाको वाहनमा राखेको जानकारी दिए। उनले दिएको सूचनाको आधारमा पुलिसले आदर्श सुब्बाले चलाएको वाहन रोकेर छानबिन गऱ्यो। वाहनबाट अझ तीन पाउन अर्ध सुकेको गॉंजा भेटियो। उक्त गॉंजाको वजन 401 ग्राम रहेको बताइएको छ। आरोपित विरूद्ध पुलिसले एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande