पेट्रोल-डीजलको दाम 34औं दिन पनि स्थिर
पेट्रोल-डीजलको दाम 34औं दिन पनि स्थिर


नयॉं दिल्ली, 08 दिसम्बर (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दामले 75 डलर नाघेको छ। यद्यपि, बजारमा पेट्रोल-डीजलको दाम स्थिर बनेको छ। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले लगातार 34औं दिन इन्धनहरूको दाममा कुनै बदलाउ गरेको छैन। राजधानी दिल्लीमा बुधवार पेट्रोल 95.41 रूपियॉंप्रति लिटर र डीजल 86.67 रूपियॉंप्रति लिटरमा स्थिर रह्यो।

इण्डियन ओएलको वेबसाइट अनुसार देशका अन्य महानगरहरू मुम्बई, कोलकाता र चेन्नईमा पेट्रोल क्रमश: 109.98 रूपियॉं, 104.67 रूपियॉं र 101.40 रूपियॉंप्रति लिटरमा बिक्री भइरहेको छ। यसरी नै यी महानगरहरूमा डीजलको दाम क्रमश: 94.14 रूपियॉं, 89.79 रूपियॉं र 91.43 रूपियॉंमा स्थिर रहेको छ।

उल्लेखनीय छ, अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाम एकपल्ट फेरि बढ्न थालेको छ। गत हप्ता कॉंचो तेलको दाम 70 डलरप्रति ब्यारलमुनि थियो, तर यो हप्ता दुई दिनमा कॉंचो तेलको दाम 75 डलरप्रति ब्यारल नाघेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande