प्यानलाई आधारसित 31 मार्चसम्म लिङ्क गर्नु आवश्यकः आयकर विभाग
प्यानलाई आधारसित 31 मार्चसम्म लिङ्क गर्नु आवश्यकः आयकर विभाग


नयाँ दिल्ली, 18 मार्च (हि.स.)। प्यान कार्डलाई आधार नम्बरसित जोड्नु अनिवार्य छ। आयकर विभागले यसको निम्ति अन्तिम समय सीमा 31 मार्च 2023 तय गरेको छ। विभाग अनुसार, समय सीमा बितेपछि आधार कार्डसित लिङ्क नगरिएको व्यक्तिगत प्यान कार्ड निष्क्रिय घोषित गरिनेछ।

आयकर विभागले शनिवार ट्वीट गऱ्यो, आयकर अधिनियम-1961 अनुसार सबै प्यान धारकहरू, जो छूटको श्रेणीमा पर्दैनन्, उनीहरूको निम्ति 31 मार्च 2023 अघि आफ्नो प्यान कार्डलाई आधारसित जोड्नु अनिवार्य छ। बयान अनुसार, 01 अप्रेल 2023 बाट जुन प्यान आधारसित लिङ्क हुनेछैन, त्यो प्यान कार्ड निष्क्रिय हुनेछ।

विभागले मानिसहरूसित ट्वीट गरी अपील गरेको छ कि प्यान नम्बरलाई आधार कार्डसित लिङ्क गर्ने अन्तिम समय-सीमा धेरै नजिक छ। यस्तोमा कृपया अझ् विलम्ब नगर्नुहोस्, आज नै आफ्नो प्यानलाई आधारसित लिङ्क गराउनुहोस्। उल्लेख्य,31 मार्च 2023 सम्म प्यानलाई आधारसित लिङ्क नगर्नेहरूलाई कारोबार र ट्याक्स सम्बन्धी छूटको लाभ प्राप्त हुनेछैन। त्यही, प्यान निष्क्रिय हुँदा ब्याङ्कहरूमा 50 हजार रूपियाँभन्दा अधिकको रकम जमा र निकासी हुनेछैन। आयकर रिटर्न फाइल गर्ने र सरकारी योजनाहरूको फायदा लिनमा समस्या आउनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande