वलसाडकी आदिवासी युवतीले पायलट भएर आकाशमा फहराइन् झण्डा
वलसाडकी आदिवासी युवतीले पायलट भएर आकाशमा फहराइन् झण्डा


-गुजरात सरकारबाट लिएको 15 लाख रुपियाँको सहायताले सपनालाई पखेटा दियो

-युवतीले हैदराबादबाट उड़ाइरहेकी छन् अन्तरराष्ट्रीय उड़ान

वलसाड/अहमदाबाद, 22 मार्च (हि.स.)। जीवनमा जति ठूलो संघर्ष हुन्छ जित त्यति नै शानदार हुन्छ। यस भनाइलाई वलसाड निवसी एक युवतीले सार्थक बनाएकी छन्। युवतीको संघर्षमा गुजरात सरकार पनि साक्षी बन्यो। आदिवासी समाजका मानिसहरूको सपनालाई साकार पार्ने उद्देश्यले गुजरात सरकारले उच्च शिक्षाको लागि विदेश जान इच्छुक विद्यार्थीहरूलाई 15 लाख रुपियाँ ऋणस्वरूप दिने योजना संचालन गरिरहेको छ।

यो योजना धेरैजना विद्यार्थीहरूको सपनालाई साकार पार्न सफल भएको छ। उनीहरूलाई आफ्नो लक्ष्य हासिल गर्नमा भइरहेका आर्थिक कठिनाईहरूलाई दूर गर्दछ। यस्तै एउटा मामिलामा जटिल संघर्ष र निराशाहरूलाई परास्त गर्दै आदिवासी समाजकी एक युवतीले पायलट भएर आज अन्तरराष्ट्रीय उड़ान उड़ाइरहेकी छन्।

वलसाड तहसीलको राबडा गाउँ मूल र हाल शहरको बेचर रोडस्थित हाइवे पार्क अपार्टमेन्टमा बस्दै आएका हितेश ठाकोर पटेल ब्यांकका कर्मचारी हुन्। उनका दुई छोरीहरू छन्। एक छोरी मितालीले वलसाडको कन्भेन्ट स्कूलबाट वर्ष 2009- मा बाह्रौ कक्षा उतीर्ण गरेपछि केही अलग गर्ने चाहना भएकोले पायलटको पढ़ाई गर्ने निश्चय गरिन्। यसको लागि उसले मुम्बईको बाटो समातिन्। पढ़ाईमा ठूलो रकम खर्च हुनु निश्चित थियो, तर पिताले छोरीको मनोबललाई कायम राखे।

छोरीको पढ़ाईको लागि उनले आफ्ना साथीहरूसित ऋण लिने सोंच बनाएका यतिकैमा उनलाई आदिवासी विकास कर्पोरेशनको बारेमा थाहा लाग्यो जसले आदिवासी विद्यार्थीहरूलाई पायलटको पढ़ाईको लागि योजना अन्तर्गत 15 लाख रुपियाँ प्रदान गर्दछ। यस राशिमा सरकारले मात्र 4 प्रतिशत सामान्य ब्याज लिन्छ। साथै ऋणको राशिको किस्ता एक वर्षपछिदेखि मात्र शुरू हुन्छ। विद्यार्थीहरूलाई यो ऋण 15 वर्षसम्मको लागि दिइन्छ। पिताका प्रयासहरूको परिणामस्वरूप 15 लाख रुपियाँको ऋण प्राप्त भएपछि मितालीको करियर शुरू भयो।

मिताली सानो वलसाड शहरदेशि सोझै अमेरिकाको क्यालिफोर्निया कमर्शियल पायलटको लाइसेन्सको प्रशिक्षण लिन प्रस्थान भइन्। लगभग सवा वर्षको प्रशिक्षण पश्चात तिनी स्वदेश फर्किइन्। यहाँ विदेशको लाइसेन्स कन्भर्ट गरेपछि पायलटको नोकरीको लागि पहिला रेडियो टेलिफोनिक परीक्षा उतीर्ण गर्न अनिवार्य हुन्छ। यस परीक्षामा उतीर्ण भएपछि तिनी एयरबसको प्रशिक्षणको लागि आबुधाबी गइन्। यहाँ दुई महिनाको प्रशिक्षण हासिल गरेर तिनी भारत फर्किइन्।

एयरलाइनमा लेडी पायलटको भर्तीको लागि वर्ष 2017- मा आयोजित परीक्षामा मिताली पनि सामेल भइन्। त्यसपछि वर्ष 2019-मा तिनले इण्डिगो एयरलाइनमा चेन्नई हवाईअड्डामा नोकरी पाइऩ्। शुरूमा मितालीको वेतन 90 हजार रुपियाँ थियो भने हाल तिनी हैदराबादको राजीव गान्धी अन्तरराष्ट्रीय हवाईअड्डामा 1.5 लाख रुपियाँ वेतनमा अन्तरराष्ट्रीय विमान उड़ाउने पायलटको रूपमा कार्यरत छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande