मेची नदीमा डूबेका बुजुर्गको शव भेटियो
मेची नदीमा डूबेका बुजुर्गको शव भेटियो


सिलगढ़ी, 01 अक्टोबर (हि.स.)। मेची नदीमा डूबेका बुजुर्गको शव पाँच दिनपछि मंगलवार भेटिएको छ। मृतक बुजुर्गको नाम विद्यानन्द राय बताइएको छ। उल्लेख्य, शुक्रवार विद्यानन्द नेपालमा बूध बेचेर घर फर्किरहेका थिए। तब नक्सलबाड़ीको बड़ा मनीरात जोत संलग्न भारत-नेपाल सीमामा मेची नदीमा डूबे। घटनापछि नक्सलबाड़ी थाना पुलिस र एसडीआरएफको टीमले बुजुर्गलाई खोज्नु शुरू गरे। चान दिनको खोजपछि पनि बचाउन दलको हात केही परेन।

आज पाँचौं दिन बुजुर्गको शव स्थानीय मानिसहरूले नक्सलबाड़ीको लालजी जोतमा मेची नदी छेउ देखे।

नक्सलबाड़ी थाना पुलिसलाई यसको सूचना दिइयो। सूचना पाएर नक्सलबाड़ी थाना पुलिस र मृतकका परिजन घटनास्थलमा पुगे। मृतकका परिजनहरूले लुगा देखेर शवको पहिचान गरे। जसपछि पुलिसले शवलाई आफ्नो कब्जामा लियो। बुधवार शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइयो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande