नयाँ दिल्ली, 01 अक्टोबर (हि.स.)। भारतीय वायु सेनाको 92औं वर्षगाठमा रक्षामन्त्री राजनाथ सिंहले मंगलवार राष्ट्रिय युद्ध स्मारकबाट ‘वायु वीर विजेता’ कार ऱ्यालीलाई प्रस्थान गराए। यसका साथै महिलाहरू सहित 50 भन्दा धेरै वायु योद्धा लद्दाखको थोइसको निम्ति प्रस्थान भएका छन्। यी सबै अरूणाचल प्रदेशको तवाङसम्म एक अभियानमा निस्किनेछन्, जुन नौ राज्यहरू र केन्द्र शासित प्रदेशहरू (यूटी) भएर कूल सात हजार किलोमीटरको दूरी तय गर्नेछन्। कार ऱ्यालीका विभिन्न चरणहरूमा पूर्व वायु सेना प्रमुख पनि ठाउँ-ठाउँ सामेल हुनेछन्।
यस अवसरमा रक्षा मन्त्री सिंहले कठिन परिस्थितिहरूमा वीरता, समर्पण र देशभक्तिको साथ मातृभूमिको सेवा गर्ने वायु योद्धाहरूको सराहना गरे। उनले भनेका छन्, भारतीय वायु सेनाले देश र देशवासीहरूको रक्षाको निम्ति महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ। यो देशका दुश्मनहरूलाई उनीहरूको क्षेत्रभित्रसम्म पसेर मुहतोड़ जवाफ दिनमा सक्षम छ। केन्द्र सरकार भारतीय वायु सेनालाई सबैभन्दा उन्नत विमानहरू, प्लेटफार्महरूले सुसज्जित गर्न र ‘आत्मनिर्भर भारत’ पहलको माध्यमले उसलाई अझ् अधिक सक्षम बनाउनको निम्ति प्रतिबद्ध छ। कार ऱ्यालीमा वायु योद्धाहरूले विभिन्न राज्यहरू, केन्द्र शासित प्रदेशहरूका स्कूलहरू र कलेजहरूमा युवाहरूको साथ कुराकानी गर्नेछन्।
राजनाथ सिंहले कठिन र विविध क्षेत्रहरू भएर जाने यस ऱ्यालीको हिस्सा बन्ने वायु योद्धाहरूलाई आफ्नो शुभकामना दिए। औपचारिक ध्वजारोहण 08 अक्टोबरमा थोइसमा हुनेछ, जुन समुद्र तलदेखि 3,068 मीटरको ऊंचाईमा विश्वको सबैभन्दा अग्लो वायु सेना स्टेशनहरूमध्ये एक हो। 29 अक्टोबरमा तवाङमा ऱ्यालीको समापन अगाड़ी वायु योद्धाहरू लेह, कारगिल, श्रीनगर, जम्मू, चण्डीगढ़, देहरादून, आगरा, लखनऊ, गोरखपुर, दरभंगा, बागडोगरा, हासीमारा, गुवाहाटी, तेजपुर र दिरांगमा रोकिनेछन्। ऱ्यालीको उद्देश्य मानिसहरूमा भारतीय वायु सेनाको गौरवशाली इतिहास, विभिन्न युद्धहरू र बचाउ अभियानहरूमा वायु योद्धाहरूको वीरताबारे जागरुकता बढ़ाउनु र युवाहरूलाई मातृभूमिको सेवाको निम्ति आकर्षित गर्नु हो।
हिन्दुस्थान समाचार / भवानी थामी