नयाँ दिल्ली, 01 अक्टोबर (हि.स.)। संदीप प्रधानले आफ्नो कार्यकाल पूरा भएपछि भारतीय खेल प्राधिकरण (साई) को महानिदेशकको पद छोड्नेछन् र खेल सचिव सुजाता चतुर्वेदीले अन्तरिम आधारमा उनको भूमिका सम्हाल्नेछिन्। खेल मन्त्रालयले मंगलवार उक्त घोषणा गऱ्यो।
खेल मन्त्रालयको आधिकारिक आदेश अनुसार, “30.09.2024 मा भारतीय खेल प्राधिकरण (साई) को महानिदेशकको निम्ति संदीप एम प्रधानको केन्द्रिय प्रतिनियुक्ति कार्यकाल पूरा भएपछि परिणामस्वरूप, सक्षम प्राधिकारीले श्रीमती सुजाता चतुवेर्दी, सचिव (खेल) लाई भारतीय खेल प्राधिकरण (एसएआई) को महानिदेशक पदको अतिरिक्त प्रभार सुम्पिने अनुमति दिएको छ। दिनांक 01.07.2019 देखि 01.10.2024 र नियमित पदधारीको नियुक्तिसम्म वा आगामी आदेशसम्म जुनैपनि पहिला हुन्छ, चतुर्वेदी पदमा बनिरहनेछिन्।
1990 ब्याचको भारतीय राजस्व अधिकारी प्रधानले अगस्त 2019 मा नीलम कपूरबाट महानिदेशको पदभार सम्हालेका थिए, जस अन्तर्गत भारतले क्रमशः टोक्यो र पेरिसमा दुई सफल ओलम्पिक र प्यारालम्पिक चक्र देख्यो।
2020 ओलम्पिकमा भारतले पुरूषहरूको भाला फेंकमा नीरज चोपड़ाको माध्यमले ट्र्याक-एण्ड-फील्डमा आफ्नो पहिलो स्वर्ण पदक जित्यो, जबकि देशले खेलहरूमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै सात पदक आफ्नो नाम गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी