गान्तोक, 01 अक्टोबर (हि.स.)। गेजिङ बर्मेक समष्टिको पेचरेक हिपाताल जीपीयु अन्तर्गत हिपाताल वार्डमा आज जनता भेट कार्यक्रम सम्पन्न भयो। यस अवसरमा क्षेत्र विधायक तथा सल्लाहकार लोकनाथ शर्मा मुख्य अतिथि रहेका थिए। उनका साथमा सिक्किम दुग्ध संघका अध्यक्ष याम कुमार मिश्र, एसकेएम पार्टीका पूर्व जिल्ला अध्यक्ष एबी लिम्बू, पूर्व सीएलसी अध्यक्ष सनवीर लिम्बू, पेचरेक हिपातालका पञ्चायत सभापति रीता सुब्बा, वार्ड सभापति फुर्बा छिरिङ भोटीया साथै यसै जीपीयुका जनताको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा विधायक शर्माले यसै वार्डको टारमा गुम्पा निर्माण हुने स्थल र सोही ठाउँमा निर्माण हुने हाट घरको निरिक्षण गरे। सोही प्रकारले हि पाताल निम्नमाध्यमिक विद्यालयको पनि निरीक्षण गर्दै विधायकले प्रधान अध्यापिकासँग भेट गरि पाठशालाको समस्या जति सक्दो छिट्टै समाधान गर्ने वचन दिए।
पछि जनता भेट कार्यक्रमलाई सम्बोधन गर्दै विधायक शर्माले यस पालीको चुनाउमा यस जीपीयुले सबैभन्दा धेरै मतदान दिएर विजय गराएकोमा आभार व्यक्त व्यक्त गर्दै हिपाताल वार्डका वार्ड सभापतिले वार्डको विकास हेतु राखेका मागपत्रको आधारमा अगामी दिनमा पूरा गर्ने वचन दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल