भारतको डिजिटल अनुभवले विश्वमा जनकल्याण कार्यहरूलाई सशक्त बनाउने सक्छ: प्रधानमन्त्री
पीएम माेदी


नयॉं दिल्ली, 15 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भने, भारतले दूरसञ्चारलाई समानता र अवसरको साधनको रूपमा प्रयोग गरेर कनेक्टिविटीलाई अगाडि बढाउॅंदै सामाजिक आर्थिक विभाजनलाई मेटाउने र पहुॅंचलाई बलियो बनाउने काम गरेको छ। विश्वले भारतको डिजिटल अनुभवबाट लाभ उठाएर जनकल्याणका कार्यहरूलाई सशक्त बनाउने सक्छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार अन्तरराष्ट्रिय दूरसञ्चार संघको विश्व दूरसञ्चार मानकीकरण सभाको दिल्लीस्थित भारत मण्डपममा उद्घाटन गरे। प्रधानमन्त्री मोदीले भने, भारतले विश्वलाई संघर्षबाट बाहिर निकालेर एकअर्कासॅंग जोड्ने कार्य गरिरहेको छ। उनले वैश्विक संस्थाहरूलाई दूरसञ्चार र डिजिटल टेक्नोलोजीको बारेमा मानक तय गर्न अपील गरे।

प्रधानमन्त्रीले भने, भारतमा डिजिटल विकासको चार प्रमुख आधार छन्, जसमा सस्तो डिवाइस उपलब्ध गराउनु, देशको हरेक कुनामा कनेक्टिविटी प्रदान गर्नु, सस्तो डेटा र डिजिटल फर्स्टलाई प्राथमिकता दिनु हो। गत 10 वर्षमा यी प्रमुख बिन्दुहरूमाथि अभूतपूर्व कार्य भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande