फीफा अध्यक्ष इन्फेन्टिनोले 2026 विश्व कपको निम्ति 9 अफ्रीकी टीमहरूको पुष्टि गरे
फीफाका अध्यक्ष जियानी इन्फेन्टिनो


अदीस अबाबा, 24 अक्टोबर (हि.स.)। विश्व फुटबलको नियामक संस्था फीफाका अध्यक्ष जियानी इन्फेन्टिनोले 2026 विश्व कपमा कम्तिमा 9 अफ्रीकी टीमले भाग लिने पुष्टि गरेका छन्, जुन संयुक्त राज्य अमेरिका, म्याक्सिको र क्यानडामा आयोजित गरिने छ। इन्फेन्टिनोले उक्त बयान इथियोपियाको राजधानी अदीस अबाबामा मंगलवार अफ्रीकी फुटबल परिसंघ (सीएएफ) को 46औं साधारण सभाको उद्घाटनमा दिएका हुन्।

इन्फेन्टिनोले मंगलवार भने, 'विश्व कप 2026 मा 9 अथवा 10 अफ्रीकी देश (र क्षेत्र) विश्व कपमा भाग लिनेछ, यो वृद्धि फीफाको विस्तारित विश्व कप प्रारूप अनुरूप गरिनु पर्नेछ।' उनले अफ्रीकी देशहरूसॅंग महाद्वीपका युवा फुटबल खेलाड़ीहरूमा अझ धेरै निवेश गर्न र उनीहरूका क्षमतालाई उजागर गर्न आग्रह गरे।

उनले भने, 'म तपाईहरू सबैलाई युवा फुटबलमा निवेश जारी राख्नको निम्ति प्रोत्साहित गर्दछु, किनकि ती युवा खेलाड़ीहरू नै भोलिका ताराहरू हुन्।' फिफा अध्यक्षले भने, '​फीफाले फीफा महिला विश्व कपमा भाग लिने अफ्रीकी टीमहरूको संख्या वृद्धि गरेर 6 बनाउने दिशामा पनि विचार गरिरहेको छ।' उनले मोरक्को 2023 मा फीफा विश्व कपको आयोजन गर्न तयार रहेको बताउॅंदै मोरक्को फीफा विश्व कप आयोजन गर्ने दोस्रो अफ्रीकी देश बन्नेछ भने।

अर्कोतिर, असेम्बलीको उद्घाटन सत्रलाई सम्बोधित गर्दै इथियोपियाका राष्ट्रपति टाय एट्सके सेलामीले सीएएफलाई 2029 अफ्रीकी कप अफ् नेशन्स (एएफसीओएन 2029) टुर्नामेन्टको आयोजन गर्नका लागि इथियोपियाको बोलीको समर्थन गर्न अपील गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande