पुणे, 25 अक्टोबर (हि.स.)। भारतीय सलामी बल्लेबाज यशस्वी जायसवाल शुक्रवार महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा न्यूजील्याण्ड विरूद्ध दोस्रो टेस्टको दोस्रो दिन एक क्यालेन्डर वर्षमा 1000 टेस्ट रन बनाउने सबैभन्दा कम आय़ुका भारतीय बने। 22 वर्षीय बल्लेबाजले दिलीप वेंगसरकरको पछिल्लो रेकर्डलाई पछाड़ी छोड़े, जसले 1979 मा 23 वर्षको आयुमा 1000 रनको आंकडा छोएका थिए।
वर्तमानमा जायसवाल 2024 मा सबैभन्दा अधिक टेस्ट रन बनाउनेहरूको सूचीमा इङ्गल्याण्डका जो रूटपछि दोस्रो स्थानमा छन्, जसले 14 म्याचमा 1305 रन बनाएका छन्। यस साल जायसवालले केवल 10 म्याचमा 59.32 को औसतले 1007 रन बनाएका छन्, जसमा दुई शतक र छह अर्धशतक सामेल छन्। 2024 मा थप तीन टेस्ट म्याच बाकी छन्, यस्तो स्थितिमा उनीसित भारतीय दिग्गजहरूद्वारा बनाइएका केही सबैभऩ्दा ठूला रेकर्डलाई तोड्ने अवसर छ।
सबैभन्दा खास के छ भने सचिन तेन्दुलकरको नाम एक क्यालेन्डर वर्षमा कुनै भारतीयद्वारा सबैभन्दा धेरै टेस्ट रन बनाउने रेकर्ड छ, जसले 2010 मा 14 म्याचमा 1562 रन बनाएका थिए। वीरेन्द्र सहवागद्वारा 2008 मा बनाइएको 1462 रन एक वर्षमा कुनै भारतीय ओपनरद्वारा बनाइएको सबैभन्दा धेरै रन हो।
हिन्दुस्थान समाचार / भवानी थामी