3 नोभेम्बरमा मनाइने छ भाई टिकाको पर्व, दिनभरि शुभ मुहूर्त
3 नोभेम्बरमा मनाइने छ भाई टिकाको पर्व, दिनभरि शुभ मुहूर्त


जम्मू, 30 अक्टोबर (हि.स.)। भाई टिकाको चाड कार्तिक मार्स शुक्ल पक्षको द्वितीयमा मनाइन्छ। भाई टिका पर्वको विषयमा श्री कैलख ज्योतिष एवं वैदिक संस्थान ट्रस्टका अध्यक्ष महन्त रोहित शास्त्री ज्योतिषाचार्यले भने, भाई टिकाको चाड भाई र बहिनीको प्रेमलाई सुदृढ गर्ने चाड हो।

हिन्दू धर्ममा भाई बहिनीको स्नेह प्रतीकको रूपमा दुईवटा चाड मनाइन्छ। पहिलो रक्षाबन्धन जुन श्रावण मासको पूर्णिमामा मनाइन्छ। यसमा भाईले बहिनीको रक्षा गर्ने प्रतिज्ञा गर्दछ। दोस्रो चाड हो भाई टिका। भाई टिकालाई भाउ बीज, यम द्वितीय र भातृ द्वितीयाको नामले पनि जानिन्छ। यसमा दिदी बहिनीहरूले दाजु भाईहरूको लामो आयुको निम्ति प्रार्थना गर्छन्।

यो वर्ष कार्तिक मास शुक्ल पक्षको द्वितीया तिथि 2 नोभेम्बर शनिवार राति 8:22 मिनटदेखि शुरू हुनेछ र अर्को दिन अर्थात आइतवार राति 10:06 बजी समाप्त हुनेछ। सर्योदय व्यापिनी कार्तिक मास शुक्ल पक्षको द्वितीय तिथि 3 नोभेम्बर आइतवार रहेकाले 3 नोभेम्बर आइतवार नै भाई टिकाको पर्व गर्नु उत्तम हुनेछ। भाई टिका लगाउने शुभ मुहूर्त 3 नोभेम्बर आइतवार दिनभरि शुभ छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande