नयाँ दिल्ली, 30 अक्टोबर (हि.स.)। केन्द्रिय गृह मन्त्रालय (एमएचए) ले वरिष्ठ आईएएस अधिकारी केशव चन्द्रालाई नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी) को नयाँ चेयरम्यान नियुक्त गरेको छ। केशव चन्द्रा 1995 ब्याचको अरूणाचल प्रदेश-गोवा-मिजोरम र केन्द्र शासित प्रदेश (एजीएमयूटी) क्याडरका आईएएस अधिकारी हुन्। उनी केन्द्र शासित प्रदेश अण्डमान र निकोबार द्वीप समूहका मुख्य सचिवको रूपमा कार्यरत थिए। उनको नियुक्ति एनडीएमसीका पूर्व चेयरम्यान नरेश कुमारको 31 अगस्तमा सेवानिवृत्त भएपछि रिक्त भएको पदमा गरिएको हो।
एमएचए निदेशक अनीश मुरलीधरनले बुधवार यस सम्बन्धमा दिल्लीका उपराज्यपालका प्रधान सचिवलाई चिट्ठी लेखेर सूचित गरेका छऩ्। यसमा भनिएको छ, सक्षम प्राधिकारीको अनुमोदनले केशव चन्द्र, आईएएस (एजीएमयूटी:1995) लाई कार्यभार ग्रहण गर्ने मितिदेखि आगामी आदेशसम्म नयाँ दिल्ली नगरपालिका परिषदको चेयरम्यान नियुक्त गर्ने निर्णय लिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी