मप्रको बांधवगढ़ टाइगर रिजर्व क्षेत्रमा हात्तीहरूको मृत्युको आंकड़ा पुग्यो 7, तीन गम्भीर
मप्रको बांधवगढ़ टाइगर रिजर्व क्षेत्रमा हात्तीहरूको मृत्युको आंकड़ा पुग्यो 7, तीन गम्भीर


उमरिया, 30 अक्टोबर (हि.स.)। मध्य प्रदेशको बांधगढ़ टाइगर रिजर्व क्षेत्रमा हात्तीहरूको मृत्युको आंकडा लगातार रूपमा बढिरहेको छ। मंगलवार राति उपचारको क्रममा दुई हात्तीको मृत्यु भएपछि बुधवार बिहान अझ एउटा हात्तीको मृत्यु भएको छ। मंगलवारदेखि अहिलेसम्म 7 वटा जङ्गली हात्तीको मृत्यु भइसकेको छ भने तीनको स्थिति गम्भीर रहेको छ।

टाइगर रिजर्व र डाक्टरहरूको टीम लगातार हात्तीहरूको निगरानी र उपचारमा लागेका छन्। सबै हात्तीहरूको मृत्युको कारण कोदोको फसलको सेवन बताइएको छ। जानकारी अनुसार, ओडिशाबाट छत्तीसगढको बाटो यहॉं लगभग 60 देखि 70 जङ्गली हात्तीको दल भट्किएर आएको थियो, त्यसपछि यी हात्तीहरू फर्किएका छैनन्। हात्तीहरू अलग अलग झुण्डहरूमा विभाजित भएर चारैतिर फैलिए। धेरैपल्ट हात्तीहरूले किसानहरूके फसललाई पनि नोक्सान पुऱ्याए।

यस क्रममा 13 हात्तीहरूको झुण्ड बगैहा, बडवाही हुॅंदै सलखनिया क्षेत्रमा आइपुग्यो र 28 तारिक राति किसानहरूको कोदोको फसलमा प्रवेश गरे। फसल खाएपछि 29 तारिक 4 हात्तीहरूको मृत्यु भयो। यसपछि, मंगलवार राति उपचारको क्रममा थप दुईवटा हात्तीको मृत्यु भयो। यसरी अहिलेसम्म 7 हात्तीको मृत्यु भइसकेको छ भने तीनवटा हात्तीको स्थिति गम्भीर बनेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande