गेजिङ, 07 अक्टोबर (हि.स.)। बेटी बचाऔ बेटी पढाऔ अभियान अन्तर्गत गेजिङ जिल्लाको महिला एवम् बाल विकास विभागको पहलमा आज दराप आईसीडीएस केन्द्रमा दश दिवसीय विशेष कार्यक्रम आयोजन गरियो। गत 2 अक्टोबरदेखि शुरू भएको उक्त कार्यक्रमको समापन आगामी 11 अक्टोबरको दिन हुनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण-पश्चिम जिल्ला कार्यक्रम अधिकारी एवम् सह उप निर्देशकले जोशुवा तामाङले यस कार्यक्रमको मुख्य उद्देश्य महिला एवम् बाल बालिकाहरूलाई सहायता प्रदान प्रदान गर्नु रहेको बताए। उनले अन्तरराष्ट्रिय बालिका दिवस मनाउनुको विशेष महत्व र राज्यका महिला साथै किशोरीहरूलाई सशक्त बनाउन विभागले शुरू गरेका पहलबारे पनि जानकारी गराए।
यसै क्रममा जिल्ला अभियान समन्वयक रोमा बस्नेतले अन्तरराष्ट्रिय बालिका दिवस मनाउनुको विशेष महत्वबारेमा उपस्थितहरूलाई सचेत गराउँदै किशोरीहरूलाई अघि आउन र आफ्नो भविष्यका लागि आफूलाई सशक्त बनाउन सबै सम्भावित अवसरहरू लिन र विद्यार्थीहरूलाई लैङ्गिक छलफलमा संलग्न गर्न प्रोत्साहित गरिन्।
हिन्दुस्थान समाचार / प्रदीप