अन्तरराष्ट्रिय बालिका दिवस पालनसॅंगै सचेतना कार्यक्रम आयोजित
अन्तरराष्ट्रिय बालिका दिवस पालनसॅंगै सचेतना कार्यक्रम आयोजित


गान्तोक, 07 अक्टोबर (हि.स.)। नाम्चेबुङ वरिष्ठ माध्यमिक विद्यालयमा आज बेटी बचाऔ बेटी पढाऔ पहल अन्तर्गत अन्तरराष्ट्रिय बालिका दिवस पालनसॅंगै एक सचेतना कार्यक्रम आयोजन गरियो।

कार्यक्रममा विशेष गरेर लैङ्गिक विशेषज्ञ कुसुम शर्माले अन्तरराष्ट्रिय बालिका दिवस पालन गर्नुको महत्वबारे विस्तृतरूपमा जानकारी गराइन्। उनले थप जानकारी गराए अनुसार, प्रत्येक वर्षको 11 अक्टोबरमा अन्तरराष्ट्रिय बालिका दिवस पालन गरिन्छ भने सो अवसरमा बालिकाहरूले भोग्दै आइरहेको वैश्विक समस्या समाधानको निम्ति पहल गरिन्छ।

उनले महिलाहरूलाई सशक्तिकरण गर्ने र शिक्षा, स्वास्थ्य सेवा र समान अवसरहरूमा उनीहरूको पहुँच सुनिश्चित गर्ने महत्त्वमाथि प्रकाश पारिन्। उनले अन्याय विरुद्ध आवाज उठाउन किसोरीहरूलाई आग्रह गरिन्।

सोही क्रममा वान स्टप वान सेटन्टरका काल्जाङ भोटियाले बेटी बचाओ बेटी पढाओ' पहल, यसका लक्ष्यहरू र यस योजनाबारे विस्तृतरूपमा अवगत गराए। उनले बालिकाको संरक्षण गर्नुपर्ने विषयमा सबैको ध्यान आकर्षित गराए।

वान स्टप सेन्टरका वकील लिदोङ लेप्चाले विद्यार्थीहरूलाई बाल अधिकारी, पोक्सो अधिनियम, यौन दुर्व्यवहार, चाइल्ड हेल्पलाइन, बाल कल्याण कमिटी आदि बारे जानकारी गराए।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande