गान्तोक, 07 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा उपचाराधीन बिरामीहरूसॅंग भेट गरे। यस क्रममा मुख्यमन्त्रीले बिरामीहरूका चिन्ताहरूलाई सम्बोधित गर्ने कार्य गरे। उनले बिरामीहरूको शिघ्र स्वास्थ्यलाभको निम्ति कामना गरेका छन्।
मुख्यमन्त्रीले राज्य बाहिर उपचार गराइरहेका सिक्किमका बिरामीहरूलाई सहायता गर्ने आफ्नो सरकारको प्रतिबद्धता अन्तर्गत आज बिरामीहरूसॅंग भेट गरेको कुरा सोशल साइट फेसबुकमा जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल