बलिया, 28 नोभेम्बर (हि.स.)। जिल्लाको नरही थानाको पुलिस फेरि एकपटक चर्चाको विषय बन्न पुगेको छ। थानाका दुईजना सिपाहीहरूले एकजना पशुपालकलाई उसको खेतबाट ल्याएर उबाट एउटा खातामा एक लाख रुपियाँ ट्रान्सफर गराए। पड़ितले पुलिसका अधिकारीहरू समक्ष सिकायत गर्दा दुवै सिपाहीहरूको संलिप्तता जाँचमा पत्तो लाग्यो। एसपीले दुवैलाई निलम्बित गरिदिएका छन्। दुवैमाथि मुद्दा पनि दर्ता गरिएको छ।
नरही थानाको भरौली निवासी रुदल यादव, पुत्र हरेन्द्र यादवले आरोप लगाएका थिए, गत 25 नोभेम्बरको दिन तिनी आफ्नो खेतमा काम गरिरहेका थिए। यत्तिकैमा कन्स्टेबलद्वय कौशल पासवान र श्रषिलाल बिन्दले तिनलाई थानामा लिएर आए। त्यसपछि ब्यारकमा लगेर डर एवं धम्की देखाएक पैसा असुले। पुलिस सूत्र अनुसार सिपाहीहरूले चाप दिएर एउटा खातामा लगभग एक लाख रुपियाँ ट्रान्सफर गराए। रूदल यादवले यसको सिकायत एसपीसित गरे। यसको सुइँको पाउनसाथ दुवै सिपाहीले थाना छोड़िदिए।
एसपी विक्रान्त वीरले बताए, यस सूचनामा तत्काल क्षेत्राधिकारी सदर श्यामकान्तबाट मामिलाको जाँच गराइयो। सीओको जाँचमा प्रथम दृष्टया दुव आरोपीको संलिप्तता पाइयो। त्यसपछि तत्काल प्रभावदेखि दुवैलाई कर्तव्यप्रति घोर लापरवाही, उदासीनता एवं अनुशासनहीनता अप्नाएको आधारमा दुवै सिपाहीहरूलाई निलम्बित गरियो। रुदल यादवबाट प्राप्त सिकायतमा दुवै सिपाहीविरूद्ध मुद्दा दर्ता गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा