धुबड़ी, (असम), 28 नोभेम्बर (हि.स.)। बिलासीपारा छेवैमा रानीगंज बजारमा भएको गोलीकाण्डको सिलसिलामा पुलिसले दुईजना युवकहरूलाई पक्राउ गरेको छ। यी दुईले गत मंगलवार राती एकजना ब्यांक ग्राहक सेवा केन्द्रमा तीनजना मानिसहरूमाथि गोली दागेर सुइँकुच्चा ठोकेका थिए।
धुबड़ी जिल्लाका पुलिस अधीक्षक नवीन सिंहले बिहीवार बताए, गोलीकाण्डको सिलसिलामा बेलतली निवासी नूर इस्लाम र चापरको शालकोचर निवासी अख्तर उपनाम अब्बासलाई पक्राउ गरिएको छ। सिंहले बताए, दुवै युवकबाट एउटा म्याग्जिन जफ्त गरिएको छ। साथै घटनामा प्रयोग गरिएको मोटरसाइकललाई क्षेत्रकै लखीगञ्जको शुक्लाटारीबाट जफ्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा