मुम्बई, 29 नोभेम्बर (हि.स.)। पोर्नोग्राफी मामिलामा फिल्म अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्रको मुम्बईस्थित आवासमा प्रवर्तन निदेशालय (ईडी) ले शुक्रवार बिहान छापा मारेको छ। ईडीको उक्त कारबाही राज कुन्द्राको नजिक मानिने मानिसहरूको मुम्बई र उत्तर प्रदेशमा लगभग 15 ठेगानामा जारी छ। अहिलेसम्म उक्त छापामारीको विवरण प्राप्त भएको छैन। ईडीले राज कुन्द्राको आवासबाट केही डिजिटल दस्तावेजहरू खोज गरिरहेको बताइएको छ।
जानकारी अनुसार, पोर्नोग्राफी मामिलामा मुम्बई पुलिसको टीमले 2021 मा राज कुन्द्रा विरुद्ध भारतीय दण्ड संहिता र सूचना प्रौद्योगिकी अधिनियमको विभिन्न धारा अन्तर्गत मामिला दर्ता गरेको थियो। यसपछि, राज कुन्द्रालाई मुम्बई पुलिसले जुलाई 2021 मा पक्राउ गरेको थियो। राज कुन्द्राले सेप्टेम्बर 2021 मा जमानत पाएको थियो। तर, यस मामिलामा छानबिन जारी थियो। अब ईडीको टीमले यस मामिलालाई मनी लण्ड्रिङको ऐंगलले जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी