सेक्टर म्याजिस्ट्रेटहरूलाई लिएर जिल्लापालले गरे बैठक
सेक्टर म्याजिस्ट्रेटहरूलाई लिएर जिल्लापालले गरे बैठक


गान्तोक, 15 अप्रेल (हि.स.)। आगामी 19 अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको तयारीलाई लिएर आज पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले पाकिम जिल्लाका सेक्टर म्याजिस्ट्रेटहरूलाई लिएर एक सभा आयोजना गरे।

सभालाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले चुनाउको समयमा सेक्टर म्याजिस्ट्रेटहरूको भूमिका साथै इलेक्ट्रोनिक भोटिङ मशिन सम्हाल्नेबारेमा जानकारी गराए। चुनाउ हुनभन्दा अघि मक पोल शुरू गरिनुपर्ने विषयमा उनले जोर दिए। उनले सबै सेक्टर म्याजिस्ट्रेटहरूलाई आफ्नो तोकिएको मतदान केन्द्रहरूमा व्यक्तिगत रूपमा भ्रमण गर्न र विशेष ध्यान आवश्यक पर्ने क्षेत्रहरूको मूल्याङ्कन गर्न निर्देशन दिए।

आगामी 18 अप्रेलमा मतदान दलहरू पठाएपछि, सेक्टर म्याजिस्ट्रेटहरूलाई उचित व्यवस्था सुनिश्चित गर्न मतदान केन्द्रहरूको निरीक्षण गर्न निर्देशन दिए। बैठकमा इभीएम फेर्ने प्रक्रिया, मतदान केन्द्र र वितरण केन्द्रबीचको उपयुक्त दूरी निर्धारण, चुनाउको दिन नक्कली मतदानको व्यवस्था, मतगणना प्रक्रियाको तयारीलगायतका विभिन्न महत्वपूर्ण पक्षमा छलफल गरियो।

हिन्दुस्थान समाचार


 rajesh pande